बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प

बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्यानिच्युडको भूकम्प गएको छ।

मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले पर्दाफासलाई जानकारी दिए।

त्यसअघि २ बजेर ४० मिनेटमा बझाङकै तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी छ।

भूकम्पको धक्का सुदूरपश्चिका डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा पनि महसुस भएको थियो। भूकम्पपछि पराकम्प पनि गइरहेपछि स्थानीयहरू घर छाडेर बाहिर निस्किएका छन्।

उता छिमेकी राष्ट्र भारतमा समेत भूकम्प गएको छ। मंगलबार दिउँसो राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर