विद्युत प्राधिकरणका फोरमेनविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत प्राधिकरण, इनरूवा वितरण केन्द्र, सुनसरीमा कार्यरत फोरमेन विर्जुकुमार महतोविरूद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युतको क्षमतामा वृद्धि गरिदिएबापत महतोलाई सेवाग्राहीसँग लिएको २५ हजार रूपैयाँ घुससहित गत भदौ १९ गते पक्राउ गरिएको थियो।

घुस रकम बराबर बिगो कायम गरी उनीविरूद्ध मुद्दा दर्ता गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *