बझाङ केन्द्रबिन्दु भएर एकैदिन गयो सात पटक भूकम्प, ११ जना घाइते

बझाङका विभिन्न स्थान केन्द्रबिन्दु भएर मंगलबार एकैदिन सात पटक भूकम्प गएको छ।

यो समाचार तयार पार्दासम्म पछिल्लो पटक साँझ ५:३८ बजे ५ म्याग्निच्युडको भूकम्प गएको छ।

त्यसअघि ५:१९ बजे ५, ४:३१ बजे ४.३, ४:२८ बजे ४.१, ३:४५ बजे ४.१, ३:०६ बजे ६.३ र २:४० बजे ५.३ म्याग्निच्युडका भूकम्प गएका थिए।

यी भूकम्पहरूको धक्का सुदूरपश्चिमका अन्य केही जिल्लामा समेत महसुस भएको थियो।

भूकम्पले बझाङका केही घरमा क्षति पुगेको छ भने कतिपय स्थानमा जमिन चिरा परेको छ।

भूकम्पमा परी हालसम्म ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

तीमध्ये सामान्य घाइते ९ जना जिल्ला अस्पताल बझाङमा उपचारपछि डिस्चार्ज भएका छन् भने हात भाँचिएका २ जना महिलाको जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरू दुवै खतरामुक्त छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर