न्यूरोडमा हिमालयन बैंकको भवन शिलान्यास

हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड स्थित बैंककै जग्गामा शुक्रबार भवन निर्माणका लागि शिलान्यास गरेको छ ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका थिए । उक्त विशेष समारोहमा बैंकका संचालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरूलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

उक्त समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुसी व्यक्त गरे ।

सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरू, जस्तैः इटहरी, वीरगञ्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको र काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए ।

त्यस्तै बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकहरूलाई सेवा प्रदान गर्ने योजना रहेको बताए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले भवन निर्माणपश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरूलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा-सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकहरूलाई थप सुविधा प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

हाल बैंकले देशभरि रहेका १७६ शाखा, २६८ एटीएम, २० विस्तारित काउन्टर तथा १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर