भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न सरकारलाई कांग्रेसको आग्रह

सत्ता साझेदार दल नेपाली कांग्रेसले बझाङ भूकम्प प्रभावितलाई सुरक्षित स्थानान्तरण, बसोबास, राहत र युद्धस्तरमा उद्धारका कार्यमा सक्रियताका साथ लाग्न सरकालाई आग्रह गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि युद्धस्तरमा लाग्न आग्रह गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरूको तत्काल खोजी, भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियतासाथ लाग्न सरकारसँग सभापतिले आग्रह गर्नुभएको छ।’

देउवाले कांग्रेस स्थानीय पार्टी पंक्तिलाई समेत सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न आग्रह गरेका छन्।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको आधा घण्टा नपुग्दै ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। ती दुई भूकम्पपछि ४ म्याग्निच्युडभन्दा माथिका १२ वटा र ३ म्याग्निच्युड आसपासका झन्डै १०० पराकम्प गइसकेको छ।

भूकम्पपछिको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने बझाङमा मात्रै १६ जना घाइते भएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर