युरोपेली संघकी राजदूतले बुझाइन् राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र

नेपालका लागि युरोपेली संघ (ईयू) की नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राजदूत लोरेन्जोले राष्ट्रपति पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएकी हुन्।

सो अवसरमा उनले नेपालको विकासमा नेपाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर