राष्ट्र बैंकले ल्यायाे २० रूपैयाँको नयाँ नोट, यस्ता छन् विशेषता

नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नयाँ नोट बजारमा ल्याएको छ। साविककै आकार र रङमा ल्याइएको नोट आजदेखि चलनचल्तीमा आएको हो।

राष्ट्रय २० रूपैयाँ दरका ९ लाख ९९ हजार ९९९ वटा नयाँ नोट बजारमा ल्याएको हो।

यो नोटको अगाडिको बायाँतर्फ सगरमाथा, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर र बोर्डरमा नोटको सिरिज नम्बर र नेपालीमा वि.सं. २०७९ लेखिएको छ।

नोटको पछाडिको भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, बीचमा २ वटा बाह्रसिंगेको चित्र, तल्लो भागमा अंग्रेजीमा २० रूपैयाँ र तल्लो भागको बोर्डरमा नोटको सिरिज अंग्रेजीमा २०२३ एडी लेखिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर