भ्रष्टाचार नियन्त्रणमा शोध गर्नेलाई अख्तियारले अढाइ लाखसम्म अनुसन्धान वृत्ति दिने

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान अर्थात् शोध गर्न चाहनेहरूलाई अनुसन्धान वृत्ति दिने भएको छ।

बिहीबार एक सूचना जारी गर्दै आयोगले विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय तथा आंगिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत एक/एक जना गरी तीन जनालाई अनुसन्धान वृत्ति दिइने जनाएको छ।

इच्छुक शोधार्थीले सूचना जारी भएको मितिले ६० दिनभित्र आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

छनोट भएका शोधार्थीले क्रमशः १ लाख, १ लाख ५० हजार र २ लाख ५० हजारका दरले रकम पाउने छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *