प्रहरी महानिरीक्षक बेलायत प्रस्थान, निमित्तको जिम्मेबारीमा राई

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ । बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रमको दोस्रो चरणका विषयमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (युएनओपीएस) सँग नेपाल प्रहरीले सुरुवात गरेको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विकसित अपराधका चुनौतिहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतिहरूको सामना गर्न उपयुक्त कानून, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैंगिक हिंसाका साथै बालबालिका विरूद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भ्रमणकाक्रममा बेलायत प्रहरी, प्रहरी ईकाइ आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

भ्रमण टोलीमा महानिरीक्षक कुँवरका साथै प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल सम्मिलित छन् । ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर