दशैंका लागि नयाँ नोट सटही असोज २९ बाट, कतिसम्म पाइन्छ साट्न?

नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारका लागि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ।

राष्ट्र बैंकका अनुसार दशैंका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सय रूपैयाँका दरले सटही सुविधा उपलब्ध हुनेछ।

राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर