
काभा भलिबल च्यालेञ्ज कपमा नेपालले आयोजक श्रीलंकासँग खेल्दै


काभा पुरूष भलिबल च्यालेञ्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले आयोजक श्रीलंकासँग खेल्दैछ ।
बंगलादेशलाई हराउँदै प्रतियोगितामा शानदार सुरूआत गरेको नेपालले आज श्रीलंकासँग खेल्न लागेको हो ।
कोलम्बोमा जारी प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल अपराह्न सवा ४ बजे सुरू हुनेछ ।
एसियन गेम्स खेलेर फर्किएको नेपालको भलिबल टिम प्रतियोगितामा लयमा देखिएको छ । आइतबार नेपालले बंगलादेशलाई ३-१ को सेटमा हराएर सुखद सुरूआत गरेको छ ।
बंगलादेशमाथि ५ वर्षपछि जित निकाल्ने क्रममा नेपालले २५-२०, १९-२५, २५-२३, २५-२१ को सेटमा जित निकाल्यो ।
नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया