नयाँ पार्टी पनि चुनाव सकिने बितिक्कै पुरानाजस्तै भइसके : सीपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले पुराना पार्टीहरूको विकल्प नयाँ पार्टी बन्न नसक्ने तर्क गरेका छन्।

बुधबार काठमाडौंमा पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पुरानो पार्टीको विकल्प खोजिरहेको अवस्थामा नयाँ पार्टी आए पनि चुनावपछि पुरानो पार्टी जस्तै भएको तर्क गरे।

उनले भने, ‘आम जनताले पुराना राजनीतिक पार्टीहरूसँग वाक्क भइसके, पार्टीहरूसँग जनताको विश्वास सकियो, पुरानो व्यवस्थाप्रति पनि वितृष्णा भइसक्यो। जनताले विकल्प खोजिरहेको छन् तर कसैले दिन सकेका छैनन्। विकल्प खोज्दै जाँदा नयाँ पार्टीलाई भोट दिन्छन् तर त्यो पनि उस्तै, चुनाव सक्किन पाएको छैन पुरानै पार्टीजस्तो भइसके। न नयाँ पार्टीले विकल्पको काम गर्छ न अरूले सकेको छ।’

उनले निर्वाचनबाट सरकार छान्ने व्यवस्थालाई हटाएर राष्ट्रिय राजनीतिक सम्मेलनले सरकारको निर्णय गर्ने व्यवस्था जरूरी रहेको बताए।

उनले भने, ‘निर्वाचनबाट अब यो सरकार हुँदैन। निर्वाचनबाट भएको चाहे केन्द्रको संसदमा होस या प्रदेशमा होस्, त्यहाँको बहुमतले निर्णय गर्दैन। राष्ट्रिय राजनीतिक सम्मेलनले निर्णय गर्छ। राजनीति राष्ट्रिय सम्मेलन बन्छ र यो व्यवस्थालाई खारेज गर्छ। ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर