१ लाख ३९ हजार नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामानसहित दुई जना पक्राउ

१ लाख ३९ हजार रूपैयाँ नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ फलफूल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरका १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरूसहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६, ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर विक र तनहुँ ऋषिङ गाउँपालिका-३, दानश्री बस्ने २५ वर्षीय सूरज विक रहेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैंचीलगायतका विभिन्न सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *