आजदेखि नयाँ नोट साट्न सुरू, कतिसम्म पाइन्छ साट्न ?

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरू गरेको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रबन्ध गरेकोे हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

५, १०, २०, ५० र सय रूपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५ सयसम्म सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

उपत्यकाबाहिर भने राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकका शाखाबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर