यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
१ कार्तिक २०८० १३:२१
काठमाडौं- नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका हुन् ।
विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।
आज खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।
- ललितपुर मेयर कप महिला क्रिकेट : लगातार चौथो पटक एपिएफ च्याम्पियन
- सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्दछ : काँग्रेस नेता रिजाल
- सरकारलाई विज्ञहरुले भने– ‘पहिरोबाट वर्षेनी ३ सय नेपालीले ज्यान गुमाउँछन्, न्युनिकरणमा चासो दिँदैन’
- म ‘कम्फर्ट जोन’ भए आफैं चुनौती खडा गरेर अघि बढ्न चाहन्छुः भारतीय प्रधानमन्त्री मोदी
प्रतिक्रिया