पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई माधव नेपालको चुनौती

पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन्।

भक्तपुरमा आज आयोजित दशैं शुभकामना कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए।

‘आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्वराजालाई चुनौती दिएँ,’ अध्यक्ष नेपालले भने, ‘प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य हँदैन, नेपालमा अब कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य छैन। भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्छ।’

अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए। गठबन्धन भत्काउने कोसिस कुनै पनि हालतमा सफल नहुने उनको दाबी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर