एनआरएनएको निर्वाचन विवादित, पराजितले नतिजा नमान्ने

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनमा नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचन विवादित भएको छ ।

निर्वाचनमा एमाले समर्थित उम्मेदवार विजयी भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट पराजित उम्मेदवारहरूले नतिजा नमान्ने बताएका छन् । पराजित उम्मेदवारहरूले आफूहरू पराजय हुनुमा अनलाइन मतदान प्रणालीलाई दोष दिएका छन् ।

पराजित उम्मेदवारहरू निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका छन् ।

महाधिवेशनबाट बहालवाला अध्यक्ष डा. बद्री केसी अध्यक्षमा निर्वाचित भएका छन् । पदाधिकारी र सदस्य पनि अधिकांश उनकै समूहबाट निर्वाचित भएका छन्।

केसीसँग कांग्रेस निकट महेश श्रेष्ठ र माओवादी निकट राजेन्द्रकुमार शर्मा (आरके)ले अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए ।

बिहीबार प्रत्यक्ष र अनलाइन प्रणालीबाट भएको मतदानमा केसी १ हजार ३७८ मतसहित विजयी भए । उनका प्रतिष्पर्धीद्वय शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरे ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि अध्यक्षका प्रत्यासी श्रेष्ठले सिस्टम ह्याक गरेर आफूलाई हराइएको दाबी गरे। अध्यक्षमा पराजित भएपछि मतदातालाई सम्बोधन श्रेष्ठले भने, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’

निर्वाचित नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए।

अध्यक्ष उम्मेदवार शर्माले त नवनिर्वाचित कार्यसमितिलाई काम गर्न नदिन परराष्ट्र मन्त्रालयमार्फत् हस्तक्षेप गर्ने बताएका छन् । उनले भने, ‘अब गैरआवासीय नेपाली संघ शून्यमा गएको छ। परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर