यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विजयी

काठमाडौं – त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

काठमाडौंमा जारी शृङ्खलामा यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९ ओभरमै समेटेको हो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका प्रहार गर्दै ६२ रन बनाए भने कप्तान रोहित पौडेल ४७ रनमा आउट भएका थिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ४० रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *