सेती नदीमा नुहाउने क्रममा बेपत्ता पुरूषको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर खटाइयो

बझाङको मस्टा गाउँपालिका-४, तातोपानीस्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपालको गोताखोर परिचालन गरिएको छ।
सोही गाउँपालिका-४, आग्रा बस्ने अन्दाजी ३८ वर्षीय सुरेन्द्र कठायत यही कात्तिक ११ गते उक्त नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।
उनको खोजीकार्यका लागि मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नंं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको हो।
यसअघि सोमबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५, रोंगास्थित भोटेकोशी खोलामा हामफाली बेपत्ता भएका सोही गाउँपालिका-१ बस्ने अन्दाजी ४२ वर्षीय छिरिङ तामाङको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल नंं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको थियो। गोताखोरले  मंगलबार  ११:२५ बजेबाट  खोजतलास  सुरू गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *