‘अपाचे आरटीआर १६० भी फोर एफआई’ को विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारी

‘टीभीएस अपाचे आरटीआर १६० भी फोर एफआई’ को विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारी गरिएको छ । टीभीएस मोटर्सकाे नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

अपाचे आरटीआर १६० भी फोर एफआई सेग्मेन्टमा ग्राहकहरूका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने छ । कम्पनीले सेग्मेन्टमै पहिलो पटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टसँगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकताअनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन् ।

अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करणलाई स्पोटी बडी डिलक्स र स्पेशल कलर थिममा तयार गरिएको कम्पनीको भनाइ छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरू बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएसस नेपालको सर्वाधिक रूचाइएको टु-ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर