नेपाल र यूएईबीचको सेमिफाइनलमा ३५ सय टिकट मात्रै बेचिने

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंको मूलपानी क्रिकेट मैदानमा शुक्रबार हुने खेलका लागि आईएमई पेबाट टिकट लिन सकिने जनाएको छ ।

३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ । यस्तै क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत पास वितरण नगरिएकाले घरमै बसेर खेल हेर्न भनिएको छ ।

नेपाल र यूएईबीचको खेल भोलि बिहान ११ बजे सुरू हुनेछ । यो खेल जितेमा नेपालले अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

बिहीबार ओमानसँगको खेलमा ५ रनले पराजित हुँदै नेपाल समूह उपविजेता बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर