प्रशिक्षक देसाई भन्छन्- आजको भुल भोलि सुधारेर देखाउँछौं

राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलि यूएईसँग हुने सेमिफाइनलमा आजका भुल सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

आज भएको आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल र ओमानबीचको रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि, प्रशिक्षक देसाईले भोलिको खेलमा आजका भुल सुधार्ने बताएका हुन् ।

खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानको खेलको तारिफ गरे । सँगै उनले नेपालको खेलले आज दर्शकहरू निराश हुनु परे पनि भोलि यूएईसँग हुन लागेको खेलमा आजको भन्दा राम्रो गर्ने बताए ।

देसाईले भने, ‘आज हामीले आफ्नो लाइन क्रस गर्न हुँदैन थियो । यो निराशाजनक हो । मभन्दा पनि धेरै खेलाडी र उनीहरूभन्दा धेरै दर्शक निराश छन् । तर, हामीसँग एउटा अवसर छ, २४ घण्टाको कुरा हो । भोलि हामीले त्यसलाई करेक्ट गर्नुपर्छ ।’

उनले आजको खेलमा आफ्ना खेलाडीको ब्याटिङ मुडलाई नजिकबाट हेरेको र आफूले इन्जोय गरेको बताए । उनले भोलि मूलपानीमा यूएईसँग हुने प्रतिस्पर्धा च्यालेन्जको रूपमा लिएको र उत्साहपूर्वक क्यिर माइण्डसेट बनाएर खेल्ने बताए ।

ओमानका क्याप्टेन जिसन मक्सुदले आफ्नो छिमले जितेकोमा खुसी व्यक्त गरे । तर, उनी आफ्ना टिमले सुरूमा गरेको प्रर्दशनले खुसी थिएनन् । नेपालले घरेलु मैदानमा खेलिरहँदा आज खराब ब्याटिङ गरेकै कारण जितबाट चुकेको बताए ।

नेपाल र यूएईबीचको सेमिफाइनल खेल शुक्रबार मूलपानी क्रिकेट मैदानमा हुनेछ । यूएई मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको हो । दुवै टोली भोलि सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर