भूकम्पपीडितलाई सुदूरपश्चिम सरकारले १ करोड दिने

सुदूरपश्चिम प्रदेश सरकारले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सहयोग गर्न एक करोड रूपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रदेश सरकारले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तजन र परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै सरकारले घाइतेको शीघ्र स्वास्थलाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर