जाजरकोट भूकम्प अपडेट : १३३ को मृत्यु, १४० घाइते

गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ ।

बिहान ११ बजेसम्म जाजरकोटमा ९५ र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल प्रहरीका केन्द्रीयी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

उनले घाइतेको उद्धार भइरहेको बताए ।

जाजरकोटमा ५५ जना र रूकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको छ ।

त्यस्तै रूकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर