अमेरिकी दूतावासले भन्यो- पुनर्निर्माणमा सघाउन अमेरिका तत्पर छ

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

शनिबार दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गरेको हो ।

जाजरकोट र रूकुम पश्चिममा भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गरेको छ ।

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले भूकम्पछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाले सहयोग गर्ने जनाएको छ ।

दूतावासले लेखेको छ, ‘नेपालको जाजरकोट र रूकु पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर