भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म सिमसहितको निःशुल्क कल तथा एसएमएस र वाइफाइ

सरकारले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि सिमसहित निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

हाल भूकम्प प्रभावित रूकुम पूर्व, रूकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरू सुचारू रहेको जानकारी गराउँदै टेलिकमले सबै प्रकारका दूरसञ्चार सेवाहरूलाई नियमित रूपमा सुचारू राख्ने प्रतिबद्धता जनाएको छ ।

टेलिकमले पाँच दिनका लागि निःशुल्क टेलिकमको सिमसहितको एसएमएस र कल सेवा उपलब्ध गराउने जनाएको हो ।

‘प्रभावित क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क भोइस र एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रूकुम पूर्व, रूकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ,’ सूचनामा भनिएको छ ।

उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्तेको वाइर्फा सेवासमेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

कम्पनीका सेवासम्बन्धी समन्वयका लागि निम्नबमोजिम कर्मचारीहरूलाई सम्पर्क गर्न सकिनेछ ।
प्रकाशचन्द्र सिग्देल : ९८५१०२१७४०
जनक डाँगी : ९८५११०९९५५
ओमप्रकाश ढकाल : ९८५१३४७८७०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर