जाजरकोट र रूकुम पश्चिममा ५/५ करोड रूपैयाँ पठाइने

सरकारले भूकम्प प्रभावितको उद्धार र राहतका लागि जाजरकोेट र रूकुम पश्चिममा राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने भएको छ ।

शनिबार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको राहतका लागि सो रकम पठाउने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘संघीय सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सर्च रेस्क्यु र रिलिफका काम अघि बढाइरहेका छौं । त्यसअन्र्तगत दुवै जल्लालाई राहत व्यवस्थापन कोषबाट ५/५ करोड रूपैयाँ तत्काल पठाउने निर्णय गरेका छौं ।’

त्यस्तै उनले घाइतेहरूलाई शीघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको समेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर