जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

गएराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ । जाजरकोटमा १०० जना र रूकुम पश्चिममा ३८ जनाको मृत्यु नेपाल प्रहरीले जनाएको छ ।

यद्यपि स्थानीय तहहरूले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरणअनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रूकुम पश्चिममा ८५ रहेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर