भूकम्प प्रभावितको राहतका लागि बुद्ध एयरको १ करोड सहयोग

बुद्ध एयरले जाजरकोट क्षेत्रका भूकम्प प्रभावित भूभागमा राहतका लागि एक करोड रूपैयाँ सहयोगको घोषणा गरेको छ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी १ करोड रूपैयाँ सहयोग दिने निर्णय गरेको बुद्ध एयरले जनाएको छ ।

‘जाजरकोट र पश्चिम रूकुममा भएको प्राकृतिक विपतमा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट उद्धार र राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौं,’ बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर