भूकम्प प्रभावितलाई राहतका लागि भोलि मन्त्रिपरिषदले निर्णय गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रभावित क्षेत्रमा राज्य र सरकारको तर्फबाट गर्नुपर्ने सक्दो काम गरेको बताएका छन् ।

आज नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको जिम्मेवारी पूरा गरेको भन्दै मन्त्रिपरिषदको बैठकबाट थप राहतका बारेमा निर्णय गर्ने बताए ।

उनले भने, ‘आज म गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरूमा प्रत्यक्ष अवलोकन गरेँ । हताहत र घाइतेको संख्या ठूलो छ भने हजारौं घरमा क्षति हुन पुगेको छ । डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरूसँगै लिएर गएको थिएँ । प्रत्यक्ष रूपमा केही घाइतेहरूलाई आफैंले हेलिकोप्टरबाट उद्धार गरेर ल्याएँ । आज जे गर्नुपर्ने थियो, राज्य र सरकारको तर्फबाट गरिएको छ । भोलि मन्त्रिपरिषद बैठक बोलाएको छु । बैठकबाट थप राहतका बारे निर्णय हुनेछ ।’

यस्तै उनले भूकम्प प्रभावित क्षेत्रमा हुँदा विदेशबाट र मित्र राष्ट्रबाट पनि फोनहरू आएको भन्दै सहयोगका लागि सबै मित्रराष्ट्रहरू तयार रहेको बताए ।

प्रतिक्रिया

One thought on “भूकम्प प्रभावितलाई राहतका लागि भोलि मन्त्रिपरिषदले निर्णय गर्छ : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर