नेपालका भूकम्पपीडितहरूलाई सहयोग गर्न भारतीय क्रिकेटर शिखर धवनको आग्रह

भारतीय क्रिकेटर शिखर धवनले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न आग्रह गरेका छन्। भूकम्पमा परी मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै उनले सो आग्रह गरेका हुन्।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निचुडको भूकम्प जाँदा १५७ जनाको मृत्यु हुनुका साथै २०२ जना घाइते भएका छन्।

धवनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अर्को भूकम्पको विनाशकारी प्रभावको सामना गरिरहेका नेपालका जनताहरूप्रति मेरो सहानुभूति छ। उनीहरूबारे ख्याल राख्दै पीडितहरूलाई मद्दत गर्न राहतका प्रयासहरूलाई समर्थन गरौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर