रक्षामन्त्री खड्काले लिए भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उक्त क्रममा उनले बिरामीहरूको अवस्था बुझ्न र सम्पूर्ण अवस्थालाई नियन्त्रणमा राख्न संघीय, स्थानीय र प्रदेश सरकारहरूसँगकोे सहकार्यमा बिरामीहरूको प्रत्यक्ष निरीक्षण गरिरहेको बताए ।

उनले भने, ‘यहाँ बिरामीको निरीक्षण गर्दैै चिकित्साकर्मीहरूसँग राजधानी पुर्‍याउनुपर्ने छ भने सेनाको हेरिकोप्टरमार्फत पुर्‍याउने पनि व्यवस्था गरेको अनुरोध गरेका छौं । यस्तै बिरामीहरूको लागि आवश्यक अस्पतालमा नभएको व्यवस्था गर्न पनि सरकार तयार छ । सम्पूर्ण अवस्थालाई नियन्त्रणमा राख्नको लागि बिरामीहरूको प्रत्यक्ष निरीक्षण गरिरहेका छौ । संघीय, स्थानीय र प्रदेश सरकारहरूसँग सहकार्य गरेर हामी यो कामलाई अगाडि बढाइरहेका छौं ।’

यस्तै उनले विमानस्थलमा बसेर बिरामीहरूलाई सहज रूपमा हवाईमार्गमार्फत अस्पताल पुर्‍याउने काममा निरन्तर रूपमा लागिरहेको बताएका छन् ।

उनले भने, ‘विमानस्थलमा बसेर बिरामीहरूलाई सहज रूपमा हवाईमार्गमार्फत भूकम्पले क्षति पुर्‍याएको स्थानबाट बिरामीहरूलाई उद्धार गर्ने, अस्पतालमा पुर्‍याउने, आवश्यक सामग्रीहरू पुर्‍याउने, विभिन्न खाद्यन्न सामानहरू, भाँडाहरू पठाउने काम गरेका छौं । मन्त्रिपरिषदको बैठकले राहतका कुराहरू भोलि निर्णय गर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर