फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त आम्दानीको आधा रकम भूकम्पपीडितलाई दिने क्यानको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

क्यानले आईसीसी विश्वकप टी-२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै आइतबार नेपाल र ओमानबीच त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपिडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

क्यानले भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । गएराति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्र विन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर