भूकम्पपीडितको राहत, उद्धार, उपचार र पुनर्स्थापनाका लागि यस्ता छन् मन्त्रिपरिषदका निर्णय

मन्त्रिपरिषदको आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकपछि तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौंलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिए ।

उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन-कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।

बैठकले भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि भएको छ । भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ। यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण सयौं घाइते भएका छन् भने करोडौं बराबरको भौतिक क्षति भएको छ ।

यस्ता छन् भूकम्पपीडितको राहत, उद्धार, उपचार र पुनर्स्थापनाका लागि मन्त्रिपरिषदका निर्णय :
-राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी बनाउने।
-खोज उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्ने।
-ज्यान गुमाउनेका परिवारलाई तत्काल २लाख राहत।
-घर भत्किएका पीडितलाई तत्काल आवास बनाउन १लाख दिने।
-सुर्खेतलाई केन्द्र बनाएर राहत वितरण प्रभावकारी बनाउने
-भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गराउने।
-निजी अस्पतालमा पनि घाइतेको उपचार नि:शुल्क हुने।
-भूकम्प पीडितहरूको उद्धारको काम सकिएको र अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर