भूकम्प प्रभावित जाजरकोटमा आपतकालीन आवास (तस्बिरहरू)

भूकम्प प्रभावित जाजरकोेटमा भूकम्पबाट विस्थापितहरूका लागि आपतकालीन आवासको व्यवस्था गरिएको छ।

सुरक्षा निकायहरूको संयुक्त प्रयासमा मुख्य प्रभावित क्षेत्रमा आपतकालीन आवासको व्यवस्था गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार तत्कालका लागि ९ वटा आवासको व्यवस्था गरिएको छ। एउटा आवासमा १० जना अटाउन सक्छन्।

यी आवासहरु अमेरिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् राहत प्रणाली अन्र्तगत उपलब्ध गराएको थियो ।

‘सुरक्षा निकायहरूको संयुक्त प्रयासमा भूकम्पबाट विस्थापितहरूका लागि आपतकालीन आवासको व्यवस्था गरिएको हो। मुख्य प्रभावित क्षेत्रमा थप आवास राख्दै जाने छौं,’ डीआईजी ढकालले पर्दाफाससँग भने।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार भूकम्पका कारण जाजरकोटमा १०५ जनाको तथा रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।

भूकम्पका कारण सयौं घाइते भएका छन् भने करोडौं बराबरको भौतिक क्षति भएको छ।

सबै तस्बिरहरू : कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालको फेसबुकबाट । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर