भूकम्पपीडितहरूलाई एक महिनाको तलब दिने सांसद प्रदीप पौडेलको घोषणा

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट क्षेत्रमा गएको भूकम्पबाट प्रभावितलाई एक महिनाको तलब राहतस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् ।

आइतबार उनले पीडितको पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको तलब राहत कोषमा दिएर सहयोग गर्ने बताए । यस्तै पीडिततलाई सहयोग गर्न अरूलाई पनि आग्रह गरे ।

उनले भने, ‘यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु । साथै राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा हार्दिक अनुरोधसमेत गर्दछु ।’

जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित बनाएको उनले उल्लेख गरे । पौडेलले भूकम्पमा परी ज्यान गुमाएका दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *