उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।

भूकम्पपीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एक सय ब्ल्यांकेटसमेत वितरण गर्नेछ ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, ऊर्जामन्त्री शक्ति बस्नेत, सांसद एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर