राप्रपाले भूकम्पपीडितका लागि २५ लाख दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि २५ लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेशसभा सदस्यहरूको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टी कार्यवहाक अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

त्यस्तै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रूकुम पश्चिममा सहायक महामन्त्री सु्रेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णयसमेत गरेको छ ।

जाजरकोट र रूकुम पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित गर्ने र देशभर पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरू कात्तिक मसान्तसम्म स्थगित गर्ने निर्णय भएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *