उद्धारकै गतिमा राहत पनि वितरण हुन्छ : रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले उद्धारकै गतिमा भूकम्पपीडितलाई राहत वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार दिउँसो जाजरकोटको त्रिवेणी नदीमा भूकम्पमा ज्यान गुमाएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले सरकारले राहत वितरणमा कुनै कसर बाँकी नराख्ने बताए ।

भूकम्पपीडितको उपचार, राहत र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकै दिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको उनको भनाइ छ ।

उनले भने, ‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौं, थप केही आउने क्रम जारी छ, जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौं, सोही गतिमा राहत पनि वितरण गर्छौ ।’

उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर