भूकम्पपीडितलाई माओवादीको ६० लाख सहयोग, कर्णालीका सम्पूर्ण नेता-कार्यकर्ता आवास निर्माणमा खटिने

नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितलाई ६० लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले केन्द्रबाट ५० लाख र प्रदेश कमिटीबाट एक एक लाख गरी ६० लाख रूपैयाँ नगद भूकम् पीडितलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

त्यस्तै यो दुःखको घडीमा गणतन्त्र र संघीयताविरोधीहरूका विरूद्ध २२ मंसिरका लागि घोषणा गरेको काठमाडौंको जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको उनले बताए ।

उनले भने, ‘यो दुखद् क्षणमा पूर्वनिर्धारित काठमाडौंको प्रर्दशन तत्कालका लागि स्थगित गर्ने र सम्पूर्ण शक्ति भूकम्पपीडितको राहत तथा पुनर्वासमा लगाउने निर्णय भएको छ ।’

काठमाडौंबाहेक अन्य स्थानमा पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको बताएका उनले कर्णाली प्रदेशका सम्पूर्ण माओवादी नेता-कार्यकता पीडितको राहत तथा पुनर्वासका आवश्यक अस्थायी संरचना निर्माणमा खटिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर