१६ औं योजना निर्माणमा प्रदेशगत छलफल सुरू

राष्ट्रिय योजना आयोगले १६ औं योजना निर्माणका लागि प्रदेशगत रूपमा छुट्टाछुट्टै टोली पठाएर योजना तर्जुमाका लागि आवश्यक छलफल सुरू गरेको छ ।

सातै प्रदेशबाट योजनाहरूको संकलन, निर्माण तथा छनोट गर्न आयोगले छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत रूपमा पठाएको हो ।

भूकम्पका कारण तत्कालका लागि कर्णाली प्रदेशको कार्यक्रम रोकेको आयोगले जनाएको छ ।

आयोगले आज मधेस प्रदेशमा छलफल गर्दैछ । मधेस प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरूसमेत सहभागी छन् ।

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६ औं योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।

आयोगका प्रवक्त सहसचिव भुसालका अनुसार आज र भोलि मधेस र बागमती प्रदेशको हेटौंडा र सुदूरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरू डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ ।

यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको भुसालले जानकारी दिए । उनका अनुसार यी दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण आयोगले टोली पठाएको छैन ।

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरूको समेत सुझाव संकलन गरेर १६ औं पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *