जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ नभई १५३

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या यसअघि सार्वजनिक तथ्यांकभन्दा कम देखिएको छ ।

मृतकमध्ये केहीको नाम दोहोरिएको पाइएपछि सरकारले यसअघि सार्वजनिक तथ्यांक सच्याएको छ ।

अद्यावधिक तथ्यांकअनुसार मृतकको संख्या १५३ रहेको छ । यसअघि मृतक संख्या १५७ भनिएको थियो ।

एउटै व्यक्तिका फरकफरक नाम भएकाले दोहोरो टिपिएको पाइएको र अहिले सच्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मृतकमध्ये १०१ जना जाजरकोटका छन् । तीमध्ये ५६ महिला र ४५ पुरूष छन् ।

यस्तै रूकुम पश्चिमका ५२ मृतकमध्ये २७ महिला र २५ पुरूष छन् ।

सरकारी विवरणअनुसार ३३८ जना घाइते भएकामा ९५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ ।

२४३ जना डिस्चार्ज भएका छन ।

गत शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले करिब ४ हजार घर भत्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर