जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर फेरि गयो ५.८ म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । यस भूकम्पले के-कति क्षति गर्‍यो, विवरण आउन बाँकी छ । लगत्तै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पेँक आसपास केन्द्रबिन्दु भएर फेरि ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

यसअघि गत शुक्रबार सोही स्थान केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको थियो भने दुई सय जनाभन्दा धेरै घाइते भएका थिए । सो भूकम्पले करोडौंकोे भौतिक क्षति गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर