काठमाडौं महानगरपालिकाले पठायो भूकम्पपीडितलाई राहत

काठमाडौं महानगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितको सहयोगका लागि राहत सामग्री पठाएको छ ।

आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पीडितका लागि विभिन्न राहत सामग्री पठाइएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियरिङ तथा प्राविधिकलगायत थप सहयोग चाहिएमा सम्पर्क गर्न पनि महानगरपालिकाले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।

डेढ सय जनाभन्दा बढीको ज्यान गएको छ भने सयौं संरचनाहरू ध्वस्त भएका छन् ।

भूकम्पबाट प्रभावित बनेकाहरूका लागि विभिन्न संस्थाहरूले सहयोग गर्ने क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर