गुल्मीमा किशोरीको बलात्कारपछि हत्या, एक जना पक्राउ

गुल्मीमा एक जना किशोरीको बलात्कारपछि हत्या भएको छ । हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रकोट-५ मा बसोबास गर्दै आएकी बागलुङको बरेङ गाउँपालिका-३ की १५ वर्षीया मनिषा रूचालको बलात्कारपछि हत्या गरेको अभियोगमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट गाउँपालिका-४ बस्ने २३ वर्षीय रहिस खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

मनिषाको शव गएको शुक्रबार चन्द्रकोट-४ हुग्दी खोलामा फेला परेको थियो ।

पक्राउ परेका खाँलाई गुल्मी जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुर र करणीसम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मनिषा आमासँग कोठा भाडामा चन्द्रकोटमा बस्दै आएकी थिइन् । शुक्रबार दिउँसो खेतमा काम गरिरहेका खेतालालाई सुर्ती किन्नका लागि बजार निस्किएपछि उनी बेपत्ता भएकी थिइन् ।

पारी श्रीलंकाटोलकी शान्ति थापाको पसलमा सुर्ती किनेर फर्किएकी मनिषालाई खाँले फकाएर बोलाउँदै बलात्कार गरेको मनिषाले प्रतिवाद गरेपटि उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलको छ ।

मनिषा शान्तिपुरको उदय माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

मनिषाका हत्यारालाई सार्वजनिक गरी कडाभन्दा कडा सजायको माग गर्दै स्थानीयसँगै जिल्लाका अधिकारकर्मीले आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर