भारतले पठायो भूकम्पपीडितलाई थप राहत सामग्री

भारत सरकारले नेपालका भूकम्पपीडितका लागि थप राहत सामग्री पठाएको छ।

दोस्रो चरणको राहत सामाग्री लिएर सोमबार भारतीय वायुसेनाको जहाज नेपालगञ्ज विमानस्थल अवतरण गरेको हो।

उक्त राहत सामाग्री भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रशान्त श्रीवास्तवले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेका छन्।

भारतले दोस्रो खेपमा पठाएको ९ टन राहत सामग्रीमा अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल आदि छन् ।

यसअघि भारतले आइतबार पहिलो चरणमा १६ करोड रूपैयाँ बराबरको राहत सामग्री पठाएको थियो। उक्त राहत सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए।

भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिम पठाइनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर