गृहमन्त्रीकाे रवैयाले तनावमा प्रहरी मुख्यालय

नेपाल प्रहरीसहित मातहतका संगठनहरुको संरक्षकको भूमिका रहने गृहमन्त्री नै उनीहरुको मनोबल गिराउन सक्रिय हुन थालेपछि सिंहदरबार र नक्सालबीचको सम्बन्धमा चिसो पसेको महशुस गर्न थालिएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीको मनोबल बढाउनेभन्दा पनि गिराउने कार्यहरू गरिरहेको आरोप सरोकारवालाले लगाएका छन् । गृहमन्त्रीले प्रहरीको संरक्षण गरेर जनताको सेवा गर्नुपर्नेमा घटनाको गहिराइमा नपुगेर भिडको मनोबिज्ञान अनुसार प्रहरी कर्मचारीहरूलाई कारबाही गर्ने, धम्काउने, थर्काकाउने गरेर हैरान बनाएको उनीहरुको आरोप छ ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठनलाई ‘ट्रयाक’ मा ल्याउन थालेको प्रयासमा समेत गृहमन्त्रीले बेलबेला भाजो हाल्ने गरेको प्रहरी मुख्यालयमा सुनिन् थालेको छ । महानिरीक्षक कुँवरले विधि र प्रक्रिया अनुसार संगठन संचालनका लागि सरुवा, बढुवा लगायतका अवसरमा नियम बनाएका छन् । आईजीपी कुँवरले राजनीतिक हस्तक्षेपमा रहेको प्रहरीभित्र सुधारका राम्रा संकेतहरू देखाएका समयमा गृहमन्त्री श्रेष्ठले मनपरी गर्न थालेपछि मुख्यालय असन्तुष्ट बनेको वरिष्ठ अधिकारीहरुले बताएका छन् ।

आरती साह प्रकरणमा गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्कालाई फिर्ता बोलाउन दिएको निर्देशनप्रति प्रहरी मुख्यालय सन्तुष्ट हुन् सकेको छैन् । घटनाको चर्चा सुरु भएपछि मुख्यालयले नै अनुसन्धान गरेको थियो ।

उच्च स्रोतका अनुसार शान्ति सुरक्षा बनाउन खटिएका प्रहरीलाई स–साना घटनामा कारबाही गर्ने, स्पष्टीकरण सोध्ने, हटाउने, मनोबल गिराउने जस्ता कार्य गर्दा प्रहरीको ‘मोराल’ कमजोर हुने मुख्यालयको भनाइ छ ।

आरती साह प्रकरण भएका बेला एसपी खड्का विदामा थिए । विदामा रहेका बेला जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारी डीएसपी देवप्रसाद गौतमले लिएका थिए । आरती साह प्रकरणका समयमा भएको झडपमा प्रहरी कर्मचारीहरू पनि घाइते भएका थिए ।

घाइते प्रहरीका बिषयमा गृहमन्त्री श्रेष्ठले एकशब्द बोलेका छैनन् । प्रहरीको मानवअधिकारका विषयमा गृहमन्त्री श्रेष्ठ बोलेका छैनन् ।

एसपी खड्काले धनुषा जिल्लामा शान्ति सुरक्षा बनाउन राम्रो भूमिका निभाएका छन् । धनुषामा शान्ति सुरक्षा बिग्रने कुनै पनि गतिविधि भएका छैनन् । मधेश प्रदेशका केही जिल्लाहरूमा धार्मिक दङ्गा भएका थिए । तर, धनुषामा धार्मिक दङ्गा हुन पाएन् । समयमा नियन्त्रण भए ।

एसपी खड्काले जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्व ११ महिना सम्हालिसकेका छन् । एक महिनापछि उनको नियमित सरुवा हुन लागेको छ । तर, एसपी खड्कालाई शान्ति सुरक्षा राम्रो बनाएको भनेर धन्यावाद दिनुपर्ने बेला गृहमन्त्री श्रेष्ठले हेडक्वाटर तान्न दवाव दिएपछि माओवादीहरूको नियतमाथि प्रश्न उठेको छ ।

एसपी खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने शर्त राखेसँगै खड्कालाई हेडक्वाटर बोलाइएको छ । आरती साह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । आरतीको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ । अभियुक्तहरू थुनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *