गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्।

बुधबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ।

‘७ बुँदे कार्य’ मा केन्द्रित रहने दुई महामन्त्रीले ‘एकद्वार प्रणाली’ अनुसार तीन तहका सरकार र संघ संस्थाको नभएको भए पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ। उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरीबारे दुई महामन्त्रीले जानकारी लिनेछन्।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकताअनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी गराएको छ।

उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन कांग्रेसले गरेको छ।

सरकारको राहत कोषमा पार्टीले ५० लाख रूपैयाँ सहयोग गरेको छ। सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ। केही सांसदले व्यक्तिगत रूपमा छुट्टै सहयोग गरेका छन्। नेविसंघ, तरूण दललगायतका भ्रातृ संस्थाले पनि राहत कोषमा सहयोग गर्ने गरी आर्थिक संकलन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर