अदालतबाटै चोरी भयो पिस्तोल, गोली र मोबाइल

कैलाली जिल्ला अदालतबाट पिस्तोल, गोली र मोबाइल चोरी भएको छ।

अदालतका श्रेस्तेदार मानबहादुर विष्टका अनुसार हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको दसीका रूपमा ल्याइएका पिस्तोल, त्यसमा लाग्ने गोली र मोबाइल चोरी भएको हो।

एक थान कटुवा पेस्तोल, चार थान गोली र पाँचवटा मोबाइल सेट चोरी भएको हो।

अदालतको अभिलेख शाखाको झ्यालको ग्रिल फोडेर मुद्दाको मिसिलको साथमा रहेका सामान आइतबार राति चोरी भएको हो।

सीसीटीभी फुटेजमा देखिएअनुसार राति साढे १० देखि ११ बजेको बीचमा चोरी भएको हो।

घटनाबारे प्रहरीलाई छानबिन गर्न भनिएको विष्टले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर