एमालेले किन गर्दै छ मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान ?

नेकपा (एमाले) ले मंसिर १४ गते देखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको हो । पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मुखय लक्ष्य रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै सामाजिक सद्भाव बढाउँदै एकता कायम गर्न र निराशाको खेती मौलाउने प्रवृत्तिलाई दूर गर्न अभियान केन्द्रित हुने उनले बताए । मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौं बैठक गर्ने निर्णय बैठकले गरेको उनले बताए ।

बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । भूकम्पका कारण घरबास गुमाएकाहरूको अस्थायी बसोबासको व्यवस्था गर्न मंसिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक अभियान सञ्चालन गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।

प्रभावित क्षेत्रमा राहत वितरण गर्ने क्रममा राजनीतिकरण देखिएकाले पारदर्शी, निष्पक्ष र प्रभावकारी रूपमा राहत अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

बैठकले माघ मसान्तभित्र सम्पन्न गर्ने भनिएको पार्टी जिल्ला अधिवेशन जेठ मसान्तभित्र गर्न सक्ने गरिसक्न निर्देशा दिएको ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर